भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चालाई पनि सँगै लिएर निर्वाचनमा जानुपर्ने बताएकी छन् । जायज मागलाई सम्बोधन नगरी निर्वाचनमा गए मुलुकमा ठूलो दुर्घटना हुन सक्ने उनको चेतावनी छ ।

Advertisement

भक्तपुरमा आयोजित साक्षातकारमा कोइरालाले मोर्चालाई मनाउन सरकारी प्रयास कमजोर भएको टिप्पणी गरिन् । उनले सरकारको कमजोर सुरक्षा नीतिका कारण ४ जनाको मृत्यु हुने गरी सप्तरी घटना भएको दाबी गरिन् ।

राजनीतिक दलहरुकै कारण राष्ट्र कमजोर भएको भन्दै कोइरालाले मुलुकको आर्थिक विकासका लागि सबै दल एकजुट भएर अघि बढ्नपर्नेमा जोड दिइन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले देशको परराष्ट मामिला अत्यन्त कमजोर भएको टिप्पणी गरिन् ।

देशको विषम परिस्थितिमा पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न नसक्नु दुःखद भएको भन्दै केन्द्रीय सदस्य कोइरालाले पार्टीभित्र छलफलको अभाव भएकोप्रति चिन्ता व्यक्त गरिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!