- खाल्डो दिन प्रतिदिन बढ्दै गएपछि परिवारमा चिन्ता

कम्बोडियाको गरिब परिबारमा जन्मेका एक ६ वर्षीय बालकको टाउकोको बिचमा चार इन्चको खाल्डो परेको छ । खाल्डो दिन प्रतिदिन बढ्दै गएकाले उनकी आमा असाध्य चिन्तित बनेका छिन् ।

फियक्त्रा पोभकी आमा स्रे ७ महिनाकी गर्भवती हुँदा नै डाक्टरहरुले भनेका थिए कि बच्चाको टाउको असामान्य छ । जन्मिँदा उनको टाउकोको बिच भागमा अलिकति चिरा देखिएको थियो तर, डाक्टरहरुले त्यसको कुनै उपचार नगरीकन बच्चा र आमालाई घर पठाइदिए ।

Advertisement

बच्चा हुर्किने क्रमसँगकै टाउकोको खाल्डो गहिरो र फराकिलो बन्दै गएको छ । अहिले यो खाल्डो उनको निधारबाट फैलिएर टाउकोको पछाडि खप्परको फेदसम्म पुगेको छ ।

डाक्टरले उक्त बालकलाई केही गर्न नसकिने बताएका छन् तर, फियक्त्राकी हजुरआमा थोर्न जसरी पनि नातिलाई ठीक पार्न लागिपरेकी छिन् । उनी हरेक साता नातिलाई लिएर सिम रिप प्रान्तमा रहेको एङकोर वाट मन्दिरमा जान्छिन् र चन्दा माग्छिन् । यसरी उनले प्रत्येक दिन १० डलर जति संकलन गर्दै आएकी छिन् ।

थोर्नले भनिन्, ‘तीन महिनाकी गर्भवती हुँदा मेरी छोरीले परिक्षण गराउँदा डाक्टरहरुले सबै ठीक छ भनेका थिए । तर सात महिना भएपछि उनीहरुले भने कि बच्चामा गम्भीर समस्या छ ।’ उनले अघि भनिन्, ‘फियत्रा जन्मिदा खेरी नै टाउकोमा चिरा देखियो र यो दिन प्रतिदिन बढ्दै गयो । अहिले उसको टाउकोभित्र मेरो हातै पस्छ ।’

फियक्त्रा जन्मिनु अगावै उनका बुवाको मृत्यू भएको थियो । आमा र मावली हजुरआमाले उनलाई हुर्काइरहेका छन् ।

५ वर्षको हुँदासम्म फियक्त्राको टाउकोभित्र पानी जमेको र यो सुन्निएर बढ्दै गएको जस्तो देखिएको थियो । थोर्न भन्छिन्, ‘म हरेक शुक्रबार, शनिबार र आइतबार एङगोरबाट मन्दिरमा जान्छु र १० देखि २५ डलरसम्म जम्मा गर्छु ।

स्थानीय च्यारिटीहरुले निःशुल्क औषधि दिइरहेका छन् । तर, यसले कुनै प्रभाव परेको छैन । हामी हरेक दिन प्रार्थना गरिरहेका छौं, संसारमा कोही डाक्टर त होला जसले मेरो नातिलाई ठीक पार्न सक्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!