काठमाडौं । देशभरका पुराना स्थानीय निकायहरु खारेज भएर ती पुराना संरचनाको ठाउँमा शुक्रबारदेखि ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।

Advertisement

सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको घोषणा गरेका हुन्। ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन्। राजपत्रमा ७ सय ४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ। अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन्,’ उपप्रधान एवम् स्थानीय विकास मन्त्री थापाले भने। अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन्। अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन्। गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।

हिजोसम्म गाविसमा बसेका नागरिकहरु अब कुन गाउँपालिका/नगरपालिकामा परे ? र, ती गाउँपालिकाको सेवा केन्द्र कहाँ रहेको छ ? हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः-

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!