देबराज राई/संगालोखबर

उदयपुर । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिवार उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड गरेका छन ।

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाको बिरोधमा बन्द आवहन गरेको सो पार्टीका कार्यकर्ताले सदरमुकाम गाईघाटस्थित सडक छेउमा रोकेर राखिएको बीआर ११ एस ७६३५ नम्बरको ट्रकमाथि ढुंगा प्रहार गरेका हुन ।

बन्दकर्ताले तोडफोड गरेको भारतीय नम्बर प्लेटको ट्रक । तस्वीर: देबराज राई/संगालोखबर

गाईघाट मुख्य चोकदेखि करिब सय मिटर पूर्व असारी रोड नजिकै रोकेर राखिएको ट्रकमा ढुंगा प्रहार गरेर क्षति पुर्याएको प्रहरीले जनाएको छ । बिहानैदेखि बन्द आव्हान गर्दै बजारमा निस्किएका बन्दकर्ताले लामो तथा छोटो दूरीका चारपाङ्ग्रे सवारीसाधन चल्न दिएनन् ।

त्यस्तै शैक्षिक संस्था र बजार पनि बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!