- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल शिक्षक संघ चौबिसे गाउँपालिका स्थानीय तहको शनिवार राजारानीमा सम्पन्न ८ औं अधिवेशनले ललित वहादुर चेम्जोङ्गलाई अध्यक्षतामा चयन गरेको छ ।

अधिवेशनले समितिको महिला उपाध्यक्षमा सविना राई, उपाध्यक्षमा चिरञ्जिवी अधिकारी, सचिवमा चेतनाथ आचार्य, सचिव अर्थमा वीर वहादुर वाजी, महिला सहसचिवमा कमला योञ्जन, सह–सचिवमा हरी नारायण यादव, सह–सचिव अर्थ अर्जुन वराल, उपसचिव अर्थ (महिला) उत्तर कुमारी लिम्बु, सहसचिवद्धय समावेसीमा निर वहादुर मगर र विष्णु प्रसाद चौधरीलाई चयन गरेको छ ।

Advertisement
सामुहिक तस्वीर खिचाउँदै नयाँ कार्यसमिति सहितको टिम ।

त्यस्तैगरी सदस्यहरुमा निलाराम श्रेष्ठ, युवराज थापा, डेगराज बन, फत्ते वहादुर राई, जसन तामा¨, विद्धया प्रसाद घिमिरे, रेम वहादुर थापा, लक्ष्मी दाहाल (राई), संगिता आङदम्बे, खोमा बराल, प्रेम खड्का, यमुनेश्वर वराल र विरेन्द्र कुमार लिम्बु चयन भएका छन ।

कार्यक्रममा कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, कांग्रेस महासमिति सदस्य ललित चेम्जो¨, दुर्गा सुवेदी, महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, नेपाल शिक्षक संघका सचिव धन कुमार राई, अर्थ सचिव रोहिणी पाण्डे लगायतले शिक्षालाई बैज्ञानिक र व्यावहारिक बनाउनु पर्नेमा जोड दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!