कैलाली– कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । एसएसबीको गोली लागेर पुनर्बास नगरपालिका–८ का २८ वर्षीय गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

गम्भीर घाइते उनलाई उपचारको लागि उपचारको लागि धनगढीस्थित सिटी अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।

पुनर्बास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको विषयलाई लिएर नेपाली र भारतीय पक्षबी विवाद चर्किएपछि बिहानैदेखि झडप भएको थियो भने सो क्रममा सीमापारिबाट एसएसबीले गोली चलाएको स्थानीयले बताएका छन् ।

कल्भर्ट विबादपछि हिजो हतियारधारी एसएसबीले नेपाल पसेर नेपालीलाई अभद्र व्यवहार समेत गरेका थिए । सोपछि उनीहरु थप आक्रोशित बन्दै एसएसबीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

नेपालीहरुले एसएसवीको ज्याजतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धधुन्द गोली प्रहार गर्दा अरु एक दर्जन नेपालीहरु घाइते भएको कन्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!