- संगालोखबर सम्वाददाता

धनकुटा । रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आईतवार (आज) मनाईदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ ।

होलीको अवसरमा धनकुटाको मदनचौकमा घैटो फटाईदै । फायल तस्वीर/संगाालोखबर

हरेक बर्ष बसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमा मनाईन्छ । फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।

Advertisement

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वले बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व वोकेको छ ।

होलीको अवसरमा धनकुटाको मदनचौकमा रमाउँदै । फायल तस्वीर/संगालोखबर

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर होली मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरेको पाईन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!