सहिदभूमीमा आज सार्वजनिक विदा
धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिका बैठकले सहिद स्मृति दिवसको अवसरमा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण बिद्यालय, सरकारी कार्यालय र अन्य संघसस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पञ्चायती शासन व्यवस्था बिरुद्ध २०३६ सालमा भएको आन्दोलनमा जिल्लाको तत्कालिन छिन्ताङ र आँखिसल्ला गाबिसका १६ जनाको हत्या भएको थियो । यो घटनालाई ‘छिन्ताङ हत्याकाण्ड...
































