संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पयाधुरा समावेश गरेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको बिरोधमा धनकुटाका युवाहरुले भारत बिरुद्ध प्रदर्शन गरेका छन् । भारतीय बिस्तारवाद बिरुद्ध आक्रोसित युवाहरुले जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै नेपाली भूमीमा गिद्धे नजर नलगाउँन भारतलाई चेतावनी दिएका हुन् ।

Advertisement

धनकुटा युथको अगुवाईमा निश्किएका युवा–युवतीहरुले भारतले गरेको सिमा अतिक्रमण बिरुद्ध मदनचौकमा प्रदर्शन गरे । लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतीय अतिक्रमण बन्द गर, गो ब्याक इन्डिया जस्ता नारा लगाएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

‘भारतीय अतिक्रमण बन्द गर !’ लेखिएको कालो व्यानरसहित प्लेकार्ड र नेपाली झण्डा लिएर युवाहरुले प्रदर्शन गरेका थिए ।

‘लिपुलेक कालापानी लिम्पयाधुरा हाम्रो हो, नेपाली भूमी मिच्न पाईदैन । त्यस्तो छिमेकी चाहिदैन’ जस्ता प्लेकार्ड बोकेका युवा–युवतीहरुले भारतीय बिस्तारवादको बिरोध गर्दै नेपाली भूमी रक्षाका लागि प्रदर्शन गरेका हुन् ।

नेपाली भूमी अतिक्रमण बिरुद्ध देशका बिभिन्न स्थानमा दैनिक बिरोध प्रदर्शन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!