- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ । दुई बर्ष अघिदेखि मृगौला सम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

Advertisement

धनकुटाको भीमनारायण चौक घर भएका श्रेष्ठ काठमाण्डौं बस्दै आएका थिए । काठमाण्डौंमै उनको निधन भएको कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

करिव ४८ सालमा कांग्रेसको धनकुटा नगर सभापतिमा निर्वाचित भएका श्रेष्ठले चार बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेका थिए । इमानदार, कर्तव्य निष्ठ, साहसिक र कुसुल संगठनकर्ता श्रेष्ठको निधनले कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको पार्टी सचिव राईले बताए ।

स्वर्गिय श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!