काठमाडौं । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।

Advertisement

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।

‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ ७ १७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!