धनकुटा । तमोर नदीले बगाएर धनकुटाका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुँनेमा धनकुटा नगरपालिका–८ चुलिवनका २० बर्षीय सोच कुमार राई छन् ।
बुधवार अपरान्ह पौने ५ बजे मुलघाट स्थित तमोर नदीमा साथीहरुसंग पौडी खेल्ने क्रममा राईलाई नदीले बगाएको प्रहरीले जनाएको छ । प्रहरी र आफन्तले नदीमा उनको खोजी जारी राखेका छन् ।
तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।