- संगालोखबर सम्वाददाता

मोरङ । विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परिक्षण एवं परामर्श शिविर गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परिक्षण शिविर गरिएको हो ।

Advertisement

बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।

नोबेलका इण्डोक्राईनोलोजिष्ट डा.प्रताप रोय नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा परिक्षणका लागि आएकाहरुलाई नोबेल मेडिकल कलेजका बिएसी नर्सिङ अध्ययनरत बिद्यार्थीहरुले श्रव्यदृष्यसहित मधुमेह रोगको बारेमा जानकारी गराएका थिए ।

यता, नोबेल शिक्षण अस्पताल र इन्टास फर्मासूटिकलको संयुक्त आयोजनामा नोबेल शिक्षण अस्पताल परिसरमा तीन दिने निःशुल्क मधुमेह परिक्षण शिविर भईरहेको छ । बुधबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ ।

शिविरमा बुधबार १ सय ७२ र बिहिबार १ सय १८ जनाको मधुमेह परिक्षण गरिएको इन्टास फर्मासूटिकलका एरिया बिजनेस मेनेजर पंकज जैसवालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!