धनकुटा । धनकुटा नगरपालिकाले कात्तिक २७ गते बुधबार सार्वजनिक विदा दिने भएको छ ।
आठपहरिया जातिको महान पर्व वाडाङमेट (मंसिरे चार्ड) को अवसरमा एक दिन बिदा दिने निर्णय भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए ।
धनकुटा नगर कार्यपालिका बैठकको निर्णय अनुसार वाडाङमेटको दिन धनकुटा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, नगर क्षेत्रका शिक्षण सस्था र स्वास्थ्य सस्थामा बिदा दिईएको हो ।
धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वाडाङमेट पर्व मनाउँने गरेका छन् ।