- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । धनकुटामा मुटु र बाल रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्ला अस्पतालमा यहि कार्तिक २२ गतेदेखि २४ गतेसम्म तीन दिने शिविर सञ्चालन गर्न लागिएको हो ।

Advertisement

विशेषज्ञ सेवा उपलब्ध हुँने शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालाको नेतृत्वमा ६५ जना विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परिक्षण गर्ने शिविर मुल आयोजक समिति संयोजक टंकबहादुर चुवानले बताए । शिविरका लागि मुल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

शिविरमा मुटुको अप्रेशनबाहेक मुटु रोगका सबै सेवा उपलब्ध हुँनुका साथै बालरोग विशेषज्ञद्वारा बच्चाहरुको उपचार गरिने प्रचार प्रसार समिति संयोजक नगेन्द्र राईले बताए । शिविरमा औषधि पनि निःशुल्क वितरण गरिनेछ ।

करिव ३ हजार विरामीले उपचार सेवा लिने अनुमान गरिएको शिविरमा नाम दर्ताका लागि कात्तिक २१ गतेदेखि २३ गतेसम्म समय तोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!