- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल निर्माणका लागि जग्गा सिफारिस गरिएको छ । एक नम्बर प्रदेश सरकारले निर्माण गर्न लागेको शिक्षण अस्पतालका लागि जिल्ला सदरमुकामको तीन स्थानको जग्गा सिफारिस गरिएको हो ।

Advertisement

धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा ४ करोड छुट्याएको छ । त्यसपश्चात सामाजिक बिकास मन्त्रालयले अस्पतालका लागि जग्गा उपलब्ध गराउँन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

सोहि अनरुप बसेको सर्वपक्षिय भेलाले रेशम खेती विकास कार्यक्रम, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान र नेपाल सरकारको ट्रष्टको नाममा रहेको जग्गा छनोट गरेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए ।

सर्वपक्षिय भेलाले धनकुटा–७ स्थित बसपार्क तल्तिर रहेको रेशम खेती विकासको ४७ रोपनी, धनकुटा–६ स्थित बहुमुखी क्याम्पस परिसरको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७ रोपनी र धनकुटा–७ चुलिबनमा रहेको नेपाल सरकार ट्रष्टको ६० रोपनी जग्गा छानेको हो ।

त्यस्तै चिकित्सा शिक्षा कक्षा सञ्चालन गर्न तत्कालका लागि धनकुटा बहुमुखी क्याम्पस परिसरको सामुदायिक चिकित्सा क्याम्पस भवन प्रयोग गर्न सिफारिस गरिएको छ ।सिफासिर गरिएका जग्गाको बस्तुस्थिती अध्ययन गरी उपयुक्त जग्गामा अस्पताल निर्माण गरिनेछ ।

अर्थात आवश्यकता अनुसार तीन वटै जग्गा अस्पतालका लागि प्रयोग हुँन सक्ने प्रजिअ डा.घिमिरेले बताए । उपयुक्त जग्गा छनोट पश्चात अस्पताल निर्माणका लागि आवश्यक प्रकृया सुरु हुँनेछ ।

यो पनि हेर्नुहोस्…

धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!