बिनोद बिष्ट/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिका बैठकले सहिद स्मृति दिवसको अवसरमा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण बिद्यालय, सरकारी कार्यालय र अन्य संघसस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पञ्चायती शासन व्यवस्था बिरुद्ध २०३६ सालमा भएको आन्दोलनमा जिल्लाको तत्कालिन छिन्ताङ र आँखिसल्ला गाबिसका १६ जनाको हत्या भएको थियो । यो घटनालाई ‘छिन्ताङ हत्याकाण्ड’ भनिन्छ । हत्या भएका १६ जनालाई नै सरकारले सहिद घोषणा गरेको छ ।

Advertisement

सहिदको संझनामा हरेक बर्ष कात्तिक २९ गते छिन्ताङ स्थित सहिद पार्कमा सहिद स्मिृति दिवस मनाईदै आएको छ । सोहि क्रममा आज पनि स्मिृति दिवस मनाईदैछ ।

वाढाङमीमा पनि बिदा

यसैवीच सहिदभूमी गाउँपालिकाले मंसिर १ गते पनि सार्वजनिक बिदा दिएको छ । राई समुदायले मनाउँने महान चार्ड पापनी (वाढाङमी) को अवसरमा आईतबार एक दिन बिदा दिने निर्णय भएको सहिदभूमी गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!