- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आईतबार सम्पन्न तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ४७ बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समितिको संयोजनमा मुटु र बाल रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार ७ सय ८७ महिला र १ हजार ९ सय ६० पुरुषको स्वास्थ्य परिक्षण गरिएको शिविर प्रचार प्रसार समिति संयोजक नगेन्द्र राईले जानकारी दिए । शिविरमा १ हजार ५ सय ८१ जनाको इसीजी र ५ सय ६९ जनाको इको गरिएको छ ।

मुटुको जटिल समस्या भएका ८२ जनालाई काठमाण्डौं रिफर गरिएको छ । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.भगवान कोईराला नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो ।

शिविर समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई र जिल्ला समन्वय समिति प्रमुख टंक चुवानले धनकुटामा आएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने डाक्टरहरुको टोलीलाई धन्यवाद ज्ञापन गरे ।

यता, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.कोईरालाले गाउँ–गाउँबाट आएका विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!