- संगालोखबर सम्वाददाता

धनकुटा । मृगौला रोगबाट पीडित ईटहरीका पत्रकार याम प्रधानको उपचारका लागि धनकुटाका पत्रकारले आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन धनकुटाले संकलन गरेको २० हजार ३ सय रुपैया युनियनका पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका पत्रकार प्रधानको उपचारका लागि प्रदान गरिएको हो ।

Advertisement

धनकुटाका पत्रकारहरुको टोली ईटहरी पुगेर पत्रकार प्रधानकी धर्मपत्नी सन्या प्रधानलाई रकम हस्तान्तरण गरेका छन् ।

प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, युनियनका जिल्ला अध्यक्ष हिमा चेम्जाङ, निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे, सचिव विकाश घिमिरे र केन्द्रिय प्रतिनिधि जयन्द्र प्रधानले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय समाचार समितिमा कार्यरत मृगौलापीडित पत्रकार प्रधानलाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा नियमित डायलाईसिस गराईदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!