- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका क्षेत्रका बिभिन्न स्थानमा लगाईएको अबैध गाँजा खेति प्रहरीले फडानी गरेको छ । सहिदभूमी–६ र २ नम्बर वडाको १७ रोपनी क्षेत्रफलमा लगाईएको ९ हजार भन्दा बढी गाँजाका बोट फडानी गरिएको हो ।

Advertisement

व्यावसायीक रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आँखिसल्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सहिदभूमी गाउँपालिका–६ को चेप्ला र बरबोटेमा करिव ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाँजा फडानी गरेको छ ।

त्यसैगरी त्रिवेणी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सहिदभूमी–२ को बुर्खा र सेलेजेजर्नामा करिव १२ रोपनी जग्गाको २ हजार ४ सय ४० बोट गाँजा फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गाँजा खेति अवैध मानिन्छ । तरपनि सहिदभूमी गाउँपालिकाका बिभिन्न स्थानमा व्यावसायीक रुपमा गाँजाको खेति हुँने गरेको छ । स्थानीयबासीले बर्षेनी गाँजा लगाउँने र प्रहरीले फडानी गर्ने क्रम चल्दै आएको छ । यो बर्षपनि प्रहरीले हजारौं बोट गाँजा फडानी गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!