- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ खुँडी स्थित लक्ष्मी माध्यमिक विद्यालयको नयाँ भवन सोमबार उद्घाटन गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाईबाट बिनियोजित ३६ लाखको लागतमा निर्माण गरिएको चार कोठे पक्की भवन उद्घाटन गरिएको हो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले भवन उद्घाटन गरेका छन् । कार्यक्रमलाई संबोधन गर्दै सांसद राईले आगामी बर्ष बिद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । सिसुदेखि कक्षा १० सम्म पढाई हुँने सो बिद्यालयमा साँगुरीगढी–८, ९ र सहिदभूमी–७ का ३ सय ३८ बिद्यार्थी अध्ययनरत छन् ।

साँगुरीगढीको केरावारी, स्याम्वुवा, झलाहारा, खुँडी, हर्चुवा, तातोपानी, बान्ठे, थाम्चुवा र सहिदभूमीको चिम्राहाका बिद्यार्थी अध्ययनका लागि लक्ष्मी मावी पुग्ने गरेका छन् ।

नयाँ बिद्यालय भवन निर्माणपछि अव बिद्यार्थीलाई अध्ययनका लागि थप सहज भएको शिक्षक दुर्गा खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!