धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ को धनकुटा अडिसनबाट नृत्य र गायन बिधामा ८० जना छानिएका छन् । १ सय २० जना प्रतिस्पर्धिबाट नृत्य र गायनमा ४०/४० जना युवा–युवती छनौट गरिएको आयोजक टिन्स क्रियू डान्स सेन्टरले जनाएको छ ।
यसअघि झापा, उदयपुर, मोरङ, इटहरी, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा भएको अडिसनबाट नृत्य र गायनमा ६०/६० जना छनौट भएका थिए । एकल गायन र नृत्य विधामा भएको धनकुटा अडिसनबाट ४० जना बाहिरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।
१ नम्बर प्रदेशका ८ जिल्लामा भएको अडिसनबाट पहिलो चरणमा ६ सय जना प्रतिस्पर्धिहरु छनौट गरिएको थियो । त्यसपश्चात भएका छनौट चरण पार गर्दै ८० जना सिमित भएका हुन् । प्रतियोगिताको निर्णायकमा सूर्य वालिङ र बुद्धि लिम्बु थिए ।
गत साउन महिनादेखि सुरु भएको प्रतियोगिताको फाईनल पुस ५ गते धनकुटामा हुँदैछ। गायन र नृत्य तर्फका दुवै बिजेताले जनही एक लाख नगदसहित ५ लाखको जिवन वीमा पाउँने आयोजकले जनाएको छ ।