काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णालीका गोविन्द कलौनी र सुदुरपश्चिमका शर्मिलाकुमारी पन्तले सपथ लिएका हुन् ।
कांग्रेस सरकारले नियुक्त गरेका सात वटै प्रदेश प्रमुखलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पदमुक्त गरेको थियो ।
त्यसलगत्तै सत्तारूढ दलको सिफारिसमा सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको हो । शपथ लिएसँगै अव नयाँ प्रदेश प्रमुखहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिनेछन् ।