ईलाम । ईलामको माई जोगमाई गाउँपालिकामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा माई जोगमाई–५ सोयाङका ६० बर्षीय टेकबहादुर खड्का छन् ।
घाँस काट्न भनेर घरबाट निस्किएका खड्का घरदेखि करिव एक सय मिटर पूर्वमा रहेको भीर मुनी मृत अवस्थामा फेला परेका हुन् । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय नयाँ बजारको टोली घटनास्थल गएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ईलाम लगिएको छ ।