गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ मालवासेमा घरको खाँबोले किचेर घाईते भएका शिक्षक धनराज चेम्जोङको उपचारका क्रममा मृत्यु भएको छ । नयाँ घर बनाउँन पुरानो घर भत्काउँने क्रममा घरको खाँवोले किच्दा ५२ बर्षीय चेम्जोङ घाईते भएका थिए ।

Advertisement

धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बिहिबार निधन भएको स्थानीय शिक्षक महानन्द भट्टराईले जानकारी दिए । शिक्षक चेम्जोङ चौबिसे–७ स्थित पिपलडाँडा प्राथमिक बिद्यालयमा कार्यरत थिए ।

यसैवीच शिक्षक चेम्जोङको पार्थिव शरिरलाई शुक्रवार स्थानीय जंगलमा अन्त्येष्टि गरिएको छ । नेपाल शिक्षक संघका सदस्यसमेत रहेका चेम्जोङको पार्थिव शरिरमा संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, धनकुटा अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले पार्थिव शरिरमा झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!