धनकुटा । भारतले गरेको सिमा अतिक्रमणको बिरोध गर्दै धनकुटाको पाख्रीवासका बिद्यार्थीहरु सडकमा उत्रिएका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन जालपादेवी क्याम्पसको अगुवाईमा पाख्रीवासका नीजि तथा सरकारी बिद्यालयका बिद्यार्थीहरु सडकमा उत्रिएर सिमा अतिक्रमणको चर्को बिरोध गरेका हुन् ।
नेपाली भूमी कालापानी र लिपुलेकलाई भारतीय नक्सामा समावेश गरिएको बिरोधमा बिद्यार्थीहरुले पाख्रीवास बजारमा प्रदर्शनसहित कोणसभा पनि गरे । प्रदर्शनका क्रममा उनीहरुले ‘गो व्याक इण्डिया’ को नारा लगाएका थिए ।
भारतीय बिस्तारवाद र हेपाहा प्रबृतिको बिरुद्ध नारा लगाउँदै बिद्यार्थीहरुले चर्को प्रदर्शन गरेका हुन् ।
यसअघि सिमा अतिक्रमणको बिरोधमा धनकुटा बजारमा पनि बिरोध प्रदर्शन गरिएको थियो । भारतले नेपाली भूमी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेपछि मुलुकका बिभिन्न स्थानमा बिरोध प्रदर्शन भईरहेको छ ।
यो पनि हेर्नुहोस्…