लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता
रुपन्देही, २२ फागुन ।“मौका मिल्दा गीत गाउन झरौँ है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत” भनेर जवाफ दिइन् ।
...






























