धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन
धनकुटा । धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ । बैंकले १३ औं बार्षिकोत्सवको अवसर पारेर एकैसाथ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।
बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटै शाखा कार्यालय उद्घाटन गरेका हुन् । धनकुटासहित काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको ब...































