- धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटासहित १८ स्थानमा मुक्तिनाथ बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ । बैंकले १३ औं बार्षिकोत्सवको अवसर पारेर एकैसाथ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।

बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटै शाखा कार्यालय उद्घाटन गरेका हुन् । धनकुटासहित काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडीमा शाखा उद्घाटन गरिएको छ ।

त्यस्तै नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, ईलामको इलाम र सुनसरीको दुहवीमा औपचारीक रुपमा शाखा कार्यालय उद्घाटन गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

योसँगै अव ४२ जिल्लामा मुक्तिनाथ विकास बैंकका १३४ शाखा कार्यालय भएका छन् । शाखाहरुमार्फत ग्राहकको आवश्यकता बमोजिम बैंकले सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रहेर मोवाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गरिदै आएको बैंकले जनाएको छ ।

धनकुटामा जेष्ठ नागरिकद्वारा केट काटेर मनाईयो बार्षिकोत्सव

यसैवीच शाखा कार्यालय उद्घाटनसँगै धनकुटा शाखाले पनि बैंकको १३ औं बार्षिकोत्सव मनाएको छ । बैंक १३ वर्ष पार गरी १४ बर्ष प्रवेश गरेको उपलक्ष्यमा केक काटेर बार्षिकोत्सव मनाईएको हो ।

बैंकमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिका-७ का जेष्ठनागरीक ९५ बर्षीय बुद्धीमान डंगोलले बार्षिकोत्सवको केक काटेका थिए । धनकुटामा मुक्तिनाथ बैंकको १२६ औं शाखा स्थापना भएको हो ।

शाखा कार्यालय अहिले उद्घाटन गरिएपनि शाखादेखि गत कात्तिक ४ गतेबाट नै सेवा सुरु गरेको शाखा प्रमुख गोकुलराज अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!