संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका बिद्यार्थी र कर्मचारीहरुले शितलहर प्रभावित बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरेका छन् । रेडियोग्राफी दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको अगुवाईमा ३१ बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो ।

Advertisement

बिराटनगर–१ स्थित सिंघिया खोला आसपास क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी परिवार र बिराटनगर–३ ईक्राहीका शितलहर प्रभावित गरिब तथा बिपन्न परिवारलाई सिरक र म्याट प्रदान गरिएको रेडियोग्राफी दोस्रो बर्षमा अध्ययनरत युनिका न्यौपानेले जानकारी दिईन् ।

जाडो याममा न्यानो कपडा नहुँदा कठ्यांग्रिएर बस्न बाध्य बृद्ध–बृद्धा र बालबालिकालाई लक्षित गरी कपडा प्रदान गरिएको न्यौपानेले बताईन् । ‘धनिले त जाडो छल्न न्यानो कपडा लगाउँन सक्छन् । तर, गरिबले न्यानो कपडा नहुँदा यस्तो जाडोमा कठ्यांग्रिएर बसेको देखेर सहयोग गरेका हौं ।’ उनले भनिन् ।

नोबेल शिक्षण अस्पताल परिसरमा कार्यक्रम गरी करिव ७० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपाने, कलेजका शिक्षक कमल पराजुली, दुर्गा चौलागाई, सुस्वास्थ्य फार्मेसीका सञ्चालक अनिल शर्मा, नोबेल फार्मेसीका बिपिन काफ्ले लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै बृद्धबृद्धाहरुले जाडोमा कठ्यांगिएर बसिरहेको अवस्थामा न्यानो कपडा पाउँदा धेरै राहत मिलेको प्रतिक्रिया दिएका छन् । गरिब तथा बिपन्न परिवारलाई कार्यक्रममा भोजनसमेत गराईएको थियो ।

अत्याधिक चिसो र सितलहरका कारण जनजीवन प्रभावित भईरहेको अवस्थामा नोबेलका बिद्यार्थी र कर्मचारीहरुले स्वतस्र्फूत रुपमा रकम संकलन गरी शितलहर प्रभावितलाई सहयोग गरेका हुन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!