फाईल तस्वीर

जनकपुरधाम । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई मंगलबार दिउँसो प्रदेश सभा सदस्य प्रमिला देवी दासले थप्पड हानेकी छिन् । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवमाथि थप्पड प्रहार गरेकी हुन्।

उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। आजसमेत प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानीको सम्बन्धमा सरकारले जवाफ दिनु पर्ने भन्दै बैठक अवरूद्ध गरेका थिए।

Advertisement

त्यसलगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो। त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवमाथि थप्पड हानेकी हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!