संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा हतियार र बिष्फोटक पदार्थ बरामद गरेको हो ।

Advertisement

खानतलासीका क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्रि सेट २ थान, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

बस्नेतलाई पक्राउ गरी प्रहरीले उनको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!