सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा गएराति भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राती करिव ९ बजे चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को.११ प.८८७६३ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।
अनियन्त्रित भएर मोटरसाईकल पल्टिँदा बर्जु गाउँपालिका–१ का २६ बर्षीय जयराम मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी गंभीर घाईते भएका मोटरसाईकल चालक मेहेतालाई उपचारका लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पुर्याईएको थियो । उपचारकै क्रममा राती नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।