संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–६ का रुपेश बिश्वकर्मा लागुऔषधसहित पक्राउ परेका छन् । २४ बर्षीय विश्वकर्मालाई १ सय १३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्माको साथमा १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रहरीले खानतलासी गरी उनको कोठाबाट पनि १ सय १२ ग्राम ब्राउनसुगर बरामद गरेको हो । विश्वकर्मालाई नियन्त्रणमा लिएर उनको कारोबारका बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!