भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजे घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर उनको मृत्यु भएको हो ।
घटनापछि ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।