जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ।

मेयर साहकै नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो। कुटपिटबाट ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरूले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए।

‘हामी मेयरको भनाई लिन उनको चेम्बरमा गएका थियौं, अचानक आक्रमण भयो, हेल्मेटले चोट लागेको छ’, देशसञ्चारका संवाददाता राजा झाले बताए। जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको उजुरीबारे पत्रकारले सोध्दा साहका सहयोगी पत्रकारमाथि जाई लागेका थिए।

पत्रकार ठाकुर एपी वान टेलिभिजनका विकास साहसहितका पत्रकारहरू मेयर साहको बाइट लिन पुगेका थिए। बाइट लिन खोज्दा साहले मिडिया आंतक बढेको भनेपछि भनाभन भएको थियो। त्यसपछि मेयर साहका सहयोगीले कार्यकक्षमै पत्रकारमाथि कुटपिट गरेका थिए।

यसअघि पनि उपमहानगरमा सूचना अधिकारी नभएकै कारण पत्रकारलाई सूचना लिन कठिन हुँदै आएको नेपाल पत्रकार महासंघ धनुषा का अध्यक्ष अनिल मिश्र ले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!