इटहरी । इटहरीका अग्रज पत्रकार याम प्रधानको आज निधन भएको छ । लामो समयदेखि दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका प्रधानको विहान ३ बजे आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
उनी नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानीसमेत थिए ।
लामो समयदेखि पत्रकारितामा सक्रिय प्रधानको दुवै मृगौला फेल भएपछि नियमित डाईलाईसिस गराईदै आएको थियो । पत्रकार प्रधानको पार्थिव शरीरलाई ईटहरी स्थित बुढी जमुना मुक्ति घाटमा आजै अन्त्येष्टि गरिने बताईएको छ ।