- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । अलैची किसानहरुका लागि धनकुटाको पाख्रीवासमा एक हप्ते तालिम सञ्चालन गरिएको छ । कृषि अनुसन्धान केन्द्र पाख्रीवासको आयोजनामा शुरु भएको आवासिय तालिममा देशभरीबाट छनोट भएका १६ जना अलैची किसान सहभागि छन् ।

Advertisement

संघीय सांसद राजेन्द्र राईले तालिम उद्घाटन गरेका छन् । कार्यक्रममा सांसद राईले परम्परागत निर्वाहमुखी खेती गर्दै आएका किसानलाई उद्यमी बनाउने उद्देश्यले गरिएको यस्ता तालिमले किसानलाई थप उत्साह मिल्ने र व्यवसायी बन्न प्रेरित गर्ने बताए ।

सरकारले अलैची किसानलाई सहुलियतमा ऋण दिनुपर्ने र सित भण्डार स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपालबाट ४ अर्बको अलैची निर्यात हुने हुदाँ अलैची किसानलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट आवश्यक योजना ल्याउन पहल गर्ने बताए ।

पाख्रीवास नगरपालिकाका प्रमुख विर्षबहादुर राईले राज्यले अलैची किसानका लागि स्पष्ट नीति निर्माण गर्नु पर्ने बताउँदै व्यवसायिक अलैची खेती गर्ने किसानलाई पाख्रीवास नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारका बागवानी अधिकृत कुमारमणी दाहालले उद्यमी बन्ने संकल्प गरेर अगाडी बढेमा किसानहरु सफल हुने हुदाँ उद्यमी बन्नतर्फ लाग्नु पर्नेमा जोड दिए ।

स्पष्ट नीति नहुँदा व्यावसायिकतामा समस्या आएको किसानको गुनासो

अलैची खेतीका लागि जमिन प्रशस्त हुदाँ हुदै पनि स्पष्ट नीति निर्माण हुन नसक्दा अलैची खेतीलाई व्यवसायिक ढंगले बढाउन नसकिएको अलैची किसानहरुले गुनासो गरेका छन् ।

उनीहरुले अलैची किसानका लागि स्पष्ट नीति निर्माण गर्न नसकेकै कारण अहिले अलैचीको उत्पादन घट्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । अलैची बगानमा रोग किराहरु व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण रहेको उल्लेख गर्दै किसानहरुले उद्यमी किसान र बेरोजगार युवाहरुलाई बैज्ञानिक कृषि प्रणालीबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपालमा १२ हजार ५ सय ११ हेक्टरमा अलैची खेती हुने गरेको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!