भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० खोट डाँडामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमवार साँझ खोट डाँडाबाट सुन्तला बोकेर धरान तर्फ जाँदै गरेको को.२ च.१७९२ नम्बरको बोलेरो अनियन्त्रीत भई सडकदेखि करिव १५ मिटर तल खसेको हो ।
दुर्घटनामा परी बोलेरो चालक धरान उप–महानगरपालिका–१६ का २७ बर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका तामाङलाई उपचारका लागि तुम्लिङटार स्थित मनकामना अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती साँढे १० बजे उनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।