- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो ।

Advertisement

क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिए । माझीको स्तनमा करिव एक बर्ष अघि सानो घाउ निश्किएको थियो । त्यो बढ्दै गएपछि परिक्षण गराउँने क्रममा क्यान्सर भएको पत्ता लाग्यो ।

घाउको उपचारका लागि नोबेल आईपुगेका उनीहरु क्यान्सर ‘थ्री स्टेज’ मा पुगेको थाहा पाएपछि आत्तिएका थिए । तर, अन्तत शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । ‘क्यान्सर भएको थाहा पाउँदा अव के होला भनेर धेरै अत्तालिएका थियौ ।’ अनलकुमारीकी दिदी सवितादेवीले भनिन् ‘अप्रेशन राम्रो भयो र बहिनी ठिक भएकाले धेरैै खुशी लागेको छ ।’

नोबेलका शल्यचिकित्सक डा.शाह नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात अव बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउँँनु पर्ने डा.शाहले बताए । उनका अनुसार अप्रेशन गराउँन ढिलाई भएको भए क्यान्सरको संक्रमण शरिरका अन्य भागमासमेत फैलिएर बिरामीको ज्यान नै जान सक्थ्यो ।

तर, अप्रेशन पश्चात अब सोहि क्यान्सरकै कारण बिरामीको मृत्यु हुँने जोखिम टरेको डा.शाहको भनाई छ । नोबेलमा यसअघि पेनक्रियाज क्यान्सरको पनि सफल शल्यक्रिया गरिएको थियो । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!