- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा मंगलबारदेखि आठौँ फुड फेस्टिभल शुरु भएको छ । अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने खाना महोत्सव आयोजना गरेको हो ।

Advertisement

भेडेटार बजारमा आयोजित फेस्टिभलको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । फेस्टिभलमा २० हजार पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

फेस्टिभलमा स्थानीय अग्र्यानिक खानाका परिकारको प्रदर्शनी मुख्य आकर्षणको रुपमा छन् । त्यस्तै घोडचढी र प्याराग्लाइडिङको व्यवस्था पनि मिलाईएको आयोजक होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टरबाट भेडेटार आसपास तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसी दर्शनको व्यवस्था पनि मिलाईएको छ । फेस्टिभलमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुनेछ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भेडेटारमा हरेक बर्ष फुड फेस्टिभल गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!