सन्तोष रुचाल / संगालोखबर

धनकुटा । नेपाली फुटबल टीमका कप्तान सुजल श्रेष्ठ र उस्सु खेलाडी चित्रसिंह ठकुरीलाई गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको छ । काठमाडौ र पोखरामा गत मंसिर १५ देखि २४ गतेसम्म सञ्चालित १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धनकुटा नगरपालिकाले श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गरेको हो ।

Advertisement

धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन ¥यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा गराएको थियो । विभिन्न जातीय झाँकीसहितको ¥यालीमा विशिष्ट व्यक्तिहरुसहित सयौं स्थानीय सहभागि थिए ।

नेपाली फुटबल टीमका कप्तान श्रेष्ठलाई नगद एक लाख र सम्मान पत्र तथा उस्सु खेलाडी ठकुरीलाई नगद ५० हजार र सम्मान पत्रले सम्मानित गरिएको हो । त्यस्तै सागमा निर्णायकको भूमिकामा रहेका धनकुटा निवासी उस्सुका अन्तर्राष्ट्रिय निर्णायक खेमराज थापालाई पनि सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा अभिनन्दित कप्तान श्रेष्ठले मातृभूमिको न्यानो माया र सबैको साथ पाउँदा थप उर्जा मिलेको बताए । उनले धनकुटाकै कारणले आफू यो स्थानमा पुगेको बताउँदै सबै धनकुटेलीलाई धन्यवाद दिए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटेली खेलाडीले जिल्लाको नाम उच्च बनाएकाले अभिनन्दन गरिएको बताए ।

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले २५ विधाका खेलमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेको थियो । सागमा नेपाली फुटबल टीमले स्वर्ण पदक जित्यो ।

नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै ठकुरीले उस्सुमा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!