तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा घर बनाउँने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा छथर–१ का ७२ बर्षीय नरबहादुर लिम्बु छन् ।
सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा लिम्बु एक तला माथिबाट खसेर गंभीर घाईते भएका थिए । चिन्ताजनक अवस्थामा रहेका लिम्बुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि चिकित्सकले उपचार सम्भव नरहेको बताए ।
त्यसपश्चात घर फर्काउँने क्रममा गएराति करिव साँढे १० बजे लिम्बुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।