- संगालोखबर सम्वाददाता

मोरङ । नेपाल नर्सिङ्ग संघको १९ औं केन्द्रिय कार्यसमिति निर्वाचनका लागि बुधबार प्रदेश नम्बर १ बाट एक हजार भन्दा बढी नर्सले मतदान गरेका छन् । मोरङ, सुनसरी, झापा र धनकुटामा भएको मतदानमा एक हजार भन्दा बढी नर्सले केन्द्रिय कार्यसमिति छनौटका लागि मतदान गरेका हुन् ।

Advertisement

जसमध्ये बिराटनगरमा सवै भन्दा बढी ६ सय र धनकुटामा सवैभन्दा कम २१ जनाले मतदान गरेको नर्सिङ्ग संघ मोरङका सचिव मेनुका भण्डारीले जानकारी दिईन् । केन्द्रिय कार्यसमितिका ६ पदाधिकारी र ८ सदस्यका लागि मतदान भएको हो ।

१४ सदस्यीय केन्द्रिय कार्यसमिति छान्न देशभर २१ मतदान स्थल तोकेर निर्वाचन गरिएको नर्सिङ्ग संघले जनाएको छ ।

नेकपा निकट प्रा.मनकुमारी राई र कांग्रेस निकट प्रा.मुना राना थापा बेग्ला–बेग्लै प्यानल बनाएर अध्यक्षका लागि चुनावी मैदानमा छन् । निर्वाचनका लागि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान समय तोकिएको थियो । मतदान सकिएपश्चात राती नै मतगणना हुँने बताईएको छ ।

नेपाल नर्सिङ्ग काउन्सिलको तथ्यांक अनुसार देशभर ९० हजार नर्स छन् । जसमध्ये १५ हजार नर्स नेपाल नर्सिङ्ग संघमा आवद्ध छन् । करिव ६ हजार नर्स कार्यरत रहेको प्रदेश १ मा १ हजार २ सय नर्स संघमा आवद्ध रहेको नर्सिङ्ग संघ मोरङका सल्लाहकार इन्दिरा शर्माले बताईन् ।

जसमध्ये बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा प्रदेशकै सवैभन्दा बढी नर्सिङ संघमा आवद्ध करिव ४ सय नर्स कार्यरत छन् ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!