यदि तपाईं पनि छिट्टो-छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो-छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो-छिट्टो खाना खानाले तपाइर्ंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पुर्‍याउँछ ।

Advertisement

हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी यामाजी र उनको समूहले एक हजार सहभागिहरुमा ६ वर्षसम्म अध्ययन गरे । त्यो अध्ययनको प्रमुख उद्देश्य भनेको खाना खाने गति र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्धहरु खोज्नु थियो । मेटाबोलिक सिन्ड्रोम त्यस्ता ६ वटा जोखिम कारकहरुको समायोजन हो, जसले मुटु सम्बन्धी रोग, मधुमेह र मस्तिस्कघात वा हृदयघातको खतरा बढ्छ । ती जोखिमहरुमा उच्च रक्तचाप, रगतमा बोसो समावेश हुनु, रगतमा चिनीको मात्रा उच्च हुनु समावेश छन् ।

विशेषज्ञहरुका अनुसार खाना खानका लागि २० मिनेटको समय छुट्याउनुपर्छ । जसले तपाईंं आफ्नो खाना राम्रोसँग चपाएर खान सक्नुहुन्छ । खाना खानालाई धेरै समयसम्म चपाउनाले तपाईंं कम खाना खानुको साथै २ घण्टापछि केही हल्का खाने बानी पनि नियन्त्रण हुन्छ । बर्मिघम विश्वविद्यालयका शोधकर्ताहरुले पनि यो कुरालाई पुष्टि गरेका छन् ।

तीब्र गतिमा बढ्न थाल्छ वजन

यदि  छिटो-छिटो अनि खाना राम्रोसँग नचपाई खानुहुन्छ भने  यो बानीले तपाईंको वजन तीब्र गतिमा बढाउन सहयोग पुर्‍याउँछ । तर, तपाइर्ंले बिस्तारै-बिस्तारै खाना खाँदा मात्र सही मात्रामा आवश्यकता अनुसार खान सक्नुहन्छ ।

साथै शरीरको हार्मोन्स दिमागमा पेट भरिएको संकेत गर्छ । ६ वर्ष लामो अध्ययन क्रममा ८४ जना व्यक्तिमा विभिन्न समस्याहरु बढेको पाइयो । जुन सहभागीले छिटो खाना खाए उनीहरुको वजन बढ्यो, रगतमा चिनीको मात्रा पनि बृद्धि भयो । ब्याड कोलेस्ट्रोलमा पनि बृद्धि भयो र कम्मरको आकार पनि बृद्धि भएको पाइयो ।

शोधकर्ताहरुका अनुसार छिट्टो खाना खानाले दिमागलाई आवश्यक सन्देश प्राप्त हुँदैन । त्यसकारण आवश्यक हार्मोन्स निस्कन पाउँदैन । त्यसले गर्दा मानिसको इन्सुलिन पनि प्रभावित हुन्छ र इन्सुलिन प्रभावित भएका कारणले मधुमेह हुने खतरा बढ्छ । खाना राम्रोसँग चपाएर खानाले मुखमा भएका ब्याक्टोरियाको पनि अन्त्य हुन्छ । बिस्तारै खानाले मुखमा उत्पन्न हुने र्‍यालले ब्याक्टोरियालाई हटाउँछ, जसका कारण शरीर ब्याक्टोरियल संक्रमणबाट बच्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!