काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।

Advertisement

मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!