संगालोखबर सम्वाददाता

सुनसरी । इटहरी उप–महानगरपालिका–८ कदम टोलबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । अबैध हातहतियार ओसार–पसार भईरहेको सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले हतियारसहित २ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरीनगरा गाउँपालिका–७ का ४७ बर्षीय जमिल अंसारी छन् । को.९ प.७४८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल रोकेर खानतलासी गर्दा उनीहरुको साथबाट म्यागजिनसहितको १ थान पेस्तोल र ५ राउण्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरुको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!