संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शनिबार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दिवस मनाईएको छ । दिवसको अवसर पारेर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजनाले गरेको कार्यक्रममा सहभागिहरुले पुननिर्माणको कामलाई तिव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

कार्यक्रममा सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई, चौविसे गाउँपालिकाका उपप्रमुख यज्ञकुमारी रुचाल, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले पुर्ननिमाण कार्यलाई तिव्रता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दिईएको जानकारी अनुसार भूकम्पले क्षती पु¥याएका विद्यालय भवनहरु मध्ये ६० वटा निर्माण सम्पन्न गरिएको छ । ३ हजार २ सय ३९ वटा घरहरु क्षती भएकोमा पहिलो किस्ता स्वरुप २ हजार ६ सय ४२ जनाले निर्माणका लागि रकम लिएका छन् ।

निर्माण सम्पन्न भएका विद्यालयहरुलाई निर्माण सम्पन्न भएको प्रमाण पत्र पनि सोहि कार्यक्रममा वितरण गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि भएको भौतिक क्षतिलाई कसरी पुननिर्माण गर्ने भनेर २०७३ पौष १२ गते राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना गरिएको हो ।

सोहि दिनलाई आधार मानेर राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना दिवस मनाउँने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!