भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन
धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । धनकुटाका सात वटै पालिका कमिटी अध्यक्षलाई पत्र पठाउँदै जिल्ला कमिटीले यस्तो निर्देशन दिएको हो ।
जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले जारी गरेको पत्रमा पालिका कमिटी, निर्वाचित जनप्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकलाई भूमि समस...































