विराटनगरमा सरकारी गाडी आगजनी गर्ने विद्यार्थी नेताले पाए सफाइ
विराटनगर । विराटनगरमा सरकारी गाडी आगजनी गरेको आरोप लागेका विद्यार्थी नेताहरूले सफाइ पाएका छन् । अदालतले प्रमाणको अभाव देखाउँदै आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।
२०८१ साल जेठ २७ गते बिहान रोडशेष चोकबाट कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान...































