मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५८६ मत प्राप्त गरेका छन् । यो कटहरी १, २ र ...
धनकुटामा ५४ प्रतिशत मतदान

धनकुटामा ५४ प्रतिशत मतदान

धनकुटा । धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ । आज भएको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । जसमध्ये ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिलाले मतदान गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एउटा मात्रै क्षेत्र छ ।
कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खस्यो

कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खसेको छ । प्रारम्भिक विवरण अनुसार कोशीमा १८ लाख ७६ हजार ५० मत खसेको हो । कोशीका ३५ लाख ७४ हजार ३ सय १० मतदाता मध्ये १६ लाख ९८ हजार बढी मतदाता मतदानमा सहभागि नभएको प्रारम्भिक विवरण छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान सम्पन्न गर्नका २५ हजार ७ सय ६४...
देशभर ६० प्रतिशत मत खस्यो 

देशभर ६० प्रतिशत मत खस्यो 

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत देशभर ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको...
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

विराटनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजे सकिएको हो । मतदानको समय सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ । मतदान सकिएपछि मतगणना स्थलसम्म मतपेटिका सकल गरिने छ ।
मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङका ६ वटै क्षेत्रको मतगणना फरक-फरक स्थानमा हुनेछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्येक क्षेत्रका लागि अलग-अलग मतगणना केन्द्र निर्धारण गरिएको छ । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ भने २ नम्बर क्षेत्रको मतगणना सिजुवाको विश्वनाथ मन्दिर परिसरमा गरिनेछ । कार्यालयका अनुसार क्षेत्र नम्बर ३ को मतगणना बेलबारीस...
मोरङमा ५१ प्रतिशत मतदान

मोरङमा ५१ प्रतिशत मतदान

विराटनगर । मोरङका ६ वटा क्षेत्रमा हालसम्म ५१.९४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अपराह्‍न ४ बजेसम्म मोरङका सबै क्षेत्रमा ४ लाख ६७ हजार १५ मत खसेको हो । मोरङमा जम्मा ७ लाख ८३ हजार ५० मतदाता छन् । हालसम्म मोरङ–५ मा सबैभन्दा बढी ५८.४२ प्रतिशत मतदान भएको छ । यस्तै मोरङ–४ मा ५७.४९, ६ मा ५६.४७, १ मा ५२.१६, ३ मा ४५.८८ र २ मा ४४.६० प्रतिशत मत खसेको छ ।
विराटनगरका मतदाता भन्छन्– सहुलियत स्वास्थ्य, शिक्षासँगै रोजगारी पाइयोस् 

विराटनगरका मतदाता भन्छन्– सहुलियत स्वास्थ्य, शिक्षासँगै रोजगारी पाइयोस् 

विराटनगर । देशभरसँगै विराटनगरमा पनि प्रतिनिधि सभा सदस्य चयनका लागि उत्साहपूर्वक मतदान भइरहेको छ । बिहानै देखि मतदाताहरू आ–आफ्नो क्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । उनीहरूले अब जित्ने प्रतिनिधिले सहुलियतमा शिक्षा, स्वास्थ्यसँगै रोजगारीको वातावरण सिर्जना गरुन् भन्ने चाहना राखेका छन् । मोरङ क्षेत्र नम्बर-६ का मतदाता राजिव दाहालले जितेर जाने प्रतिनिधिले राष्ट्र र जनताका लागि काम गर...
मोरङमा १५ प्रतिशत बढी मतदान

मोरङमा १५ प्रतिशत बढी मतदान

विराटनगर । मोरङका ६ वटै क्षेत्रमा हालसम्म १५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ८ सय ८८ मतदानस्थलमा १ लाख १७ हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । क्षेत्र नम्बर १ मा १०, २ मा १६, ३ मा १०, ४ मा १६, ५ मा २१ र ६ मा १६ प्रतिशत बढी मतदान भएको छ ।
धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राईले गरे मतदान

धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राईले गरे मतदान

धनकुटा । प्रतिनिधि सभा निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले मतदान गरेका छन् । पाख्रीबास नगरपालिका-७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर राईले मतदान गरेका हुन् । यस्तै आम जनता पार्टीबाट उम्मेदवार रहेका प्रेम बहादुर थापाले पनि यही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदाताहरू उत्साहित भएर मतदान गर्न आइरहेका छन् । धनकुटाका मुख्य निर्वा...
अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

विराटनगर । अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदाताका लागि निर्वाचन आयोगले विशेष सहजता प्रदान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा उनीहरूलाई विशेष सहजता प्रदान गरिएको बताएका हुन् । मतदान केन्द्रसम्म पुग्न उनीहरूलाई सवारी साधनको पासको झन्झट हटाइएको उनले बताए । उनीहरूले एकजना सहयोगी लिएर सवारी साधनमा सिधै मतदान केन्द्रसम्म जान पाउनेछन् घिमि...
मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-६ बाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई नेता पक्राउ परेका छन् । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैंचा नगरपालिका-१० का ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाईं र मोरङ जिल्ला सचिव झापाको दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेल छन् । इलाका प्रहरी कार्याल...
सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । आज अपरान्ह १२ः१५ बजे सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा भेटिएको बस्तु बम नभएको पुष्टि भएको हो । नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी...
मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो । भोलि देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू...
मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । आज अपरान्ह १२ः१५ सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय बेलबारीबाट पुगेको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...
मतदान केन्द्र निर्धारण भएपछि निर्वाचनका दिन धनकुटाको बिहीबारे हाट बन्द हुने

मतदान केन्द्र निर्धारण भएपछि निर्वाचनका दिन धनकुटाको बिहीबारे हाट बन्द हुने

धनकुटा । धनकुटा बजारमा लाग्दै आएको साप्ताहिक बिहीबारे हाट निर्वाचनका कारण बन्द हुने भएको छ । भोलि हुने प्रतिनिधि सभा निर्वाचनको मतदान केन्द्र निर्धारण भएकाले हटिया बन्द हुने भएको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा मतदान केन्द्र निर्धारण भएकाले हाट नलाग्ने उल्लेख गरिएको छ । धनकुटा नगरपालिका-५ कोप्चेस्थित ऐतिहासिक साप्ताहिक बिहीबारे हाट सय वर्षभन्दा पनि अ...
कोशी प्रदेशमा निर्वाचनको तयारी पूरा, ४३९ मतदान स्थल अतिसंवेदनशील

कोशी प्रदेशमा निर्वाचनको तयारी पूरा, ४३९ मतदान स्थल अतिसंवेदनशील

विराटनगर । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कोशी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । अधिकांश मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेको छ भने बाँकी केन्द्रको तयारी पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचनको लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको कार्य सकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ...
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार पाँच सय ४० रुपैयाँ कायम भएको छ । मंगलबा...
निर्वाचनलाई प्रभावित पार्नेगरि अफवाह फैलाएको आरोपमा सुनसरीबाट युवक पक्राउ

निर्वाचनलाई प्रभावित पार्नेगरि अफवाह फैलाएको आरोपमा सुनसरीबाट युवक पक्राउ

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरि सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर छन् । उनले रामचन्द्र ठाकुर नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनका विषयमा झुट्टा अफवाह र भिडियोहरू शेयर गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौंको प्राविधिक सहयोगमा ...
मोरङको कटहरीबाट स्रोत नखुलेको ४ लाख ६२ हजारसहित गाडी चालक पक्राउ

मोरङको कटहरीबाट स्रोत नखुलेको ४ लाख ६२ हजारसहित गाडी चालक पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का अन्दाजी २४ वर्षीय विशाल टुडू छन् । प्रदेश १-०२-००२ च ६६१० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाड...
विराटनगरमा शंकास्पद भनिएको बस्तु माटोको भाँडो

विराटनगरमा शंकास्पद भनिएको बस्तु माटोको भाँडो

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित डाँफे चोकमा आज बिहान भेटिएको  शंकास्पद बस्तु माटोको भाँडो भएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा भेटिएको वस्तु बम जस्तो देखिएपछि त्रास छाएको थियो । उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएको माटोको भाँडो रहेको पत्ता लागेको हो । वडा प्रहरी कार्यालय विराटनगरको टोली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर ...
निर्वाचन नजिकिएसँगै सुनसान बन्यो धनकुटा बजार

निर्वाचन नजिकिएसँगै सुनसान बन्यो धनकुटा बजार

धनकुटा । केहिदिन अगाडिसम्म निकै भिडभाड र चहलपहल देखिने धनकुटा बजार सुनसान बनेको छ  । धनकुटा बस्ने दलका नेता-कार्यकर्ता र विद्यार्थीहरू निर्वाचन नजिकिएसँगै भोट हाल्न गाउँ गएपछि बजार सुनसान बनेको हो । जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरू बस्छन् । अधिकांश विद्यार्थीहरू अन्यत्र जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटामा बस्ने गरेका छन् । यसैगरी बा...
नेपाल-भारत सीमा नाका बन्द

नेपाल-भारत सीमा नाका बन्द

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विराटनगरको रानीसहितका नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि देशभरका सीमा नाका बन्द गरिएको हो । सोमबार राति १२ बजेदेखि बन्द भएका सीमा नाका फागुन २१ गते राति १२ बजेसम्म बन्द हुनेछन् । निर्वाचनको सुरक्षाका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त रुपमा ...
आज तराई-मधेशका जिल्लाको होली, घरमै मनाउन प्रशासनको आग्रह

आज तराई-मधेशका जिल्लाको होली, घरमै मनाउन प्रशासनको आग्रह

विराटनगर । आज तराई-मधेशका जिल्लामा होली पर्व मनाइँदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात फागु पर्व मनाउने गरिन्छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । तराईमा होली मनाउने दिन आज सार्वजनिक...
मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विराटनगरको साख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताएका छन् । आज विराटनगरमा मोरङ-६ का एमाले उम्मेदवार ढकालको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र यहाँका बासिन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उनले दाबी गरे । मोरङ-६ ले ढकाल ...
धनकुटाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

धनकुटाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् । निर्वाचन कर्मचारीहरू आवश्यक सामग्री बुझेर तोकिएको मतदान केन्द्रमा आजबाट खटिएका हुन् । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिम पश्चात् निर्वाचन आयोगको कार्यतालिका अनुसार कर्मचारीहरू केन्द्रमा खटिएका हुन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदा...
मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै  निर्वाचन क्षेत्रका मतदान स्थलहरूमा कर्मचारीहरू पुगेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री लिएर आज कर्मचारीहरू सबै मतदान स्थलहरूमा पुगेका हुन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार कर्मचारीहरूले १ नम्बर क्षेत्रका लागि उर्लाबारी, २ नम्बर क्षेत्रका लागि सिजुवा र ३ ...
प्रतिनिधिसभा निर्वाचन : झापा–५ र सर्लाही–४ मा विषेश सुरक्षा

प्रतिनिधिसभा निर्वाचन : झापा–५ र सर्लाही–४ मा विषेश सुरक्षा

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ । सर्वाधिक चर्चामा रहेका यी दुई क्षेत्रमा सुरक्षा चुनौती थपिएको विश्लेषण गर्दै विशेष सुरक्षा अपनाइएको हो । झापा-५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह उम्मेदवार छन् । यस्तै सर्लाही-४ मा काँग्रेस ...
इरानको आक्रमणबाट युएईमा मारिएका नेपालीको परिचय खुल्यो

इरानको आक्रमणबाट युएईमा मारिएका नेपालीको परिचय खुल्यो

विराटनगर । युनाइटेड अरब इमिरेट्स (युएई) मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले आज दिएको जानकारी अनुसार इरानको ड्रोन हमलामा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो । अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको सम्बन्धमा युएईक...
धनकुटामा निर्वाचन लक्षित सेनाको गस्ती तीव्र

धनकुटामा निर्वाचन लक्षित सेनाको गस्ती तीव्र

धनकुटा । प्रतिनिधि सभा निर्वाचन आउँन केहिदिन मात्रै बाँकी हुँदा धनकुटामा नेपाली सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न जिल्लाभरी सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको हो । भीमदल गण सल्लेरीका अनुसार धनकुटामा रहेका १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । एकीकृत निर्वाचन सुरक्षा योज...
सुनको मूल्य ५६ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ५६ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर छ हजार २० रुपैयाँ कायम भएको छ । आइतब...
error: Content is protected !!